बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १० २०८१०८:३३
    नासाको ‘स्पेसएक्स क्रु–८’ पृथ्वीमा फर्कियो

    लस एन्जलस । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन नासाको स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन् ।

    चालक दल बोकेको स्पेसएक्स ड्रयागन अन्तरिक्ष यान शुक्रबार अमेरिकी समयअनुसार बिहान ३ः२९ मा अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोला तटमा अवतरण गरेको हो ।

    चार सदस्यीय चालक दलमा नासाका अन्तरिक्ष यात्री म्याथ्यू डोमिनिक, माइकल ब्यारेट, जेनेट एप्सका साथै रोस्कोसमस अन्तरिक्ष यात्री अलेक्ज्याण्डर ग्रेबेन्किन रहेका छन् ।

    यो मिसन नासाको स्पेसएक्ससँग आईएसएसमा आठौं व्यावसायिक ‘क्रु रोटेशन मिशन’ हो ।
    रासस


    प्रतिक्रिया दिनुहोस