बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सलमान खानलाई फेरि आयो मार्ने धम्की


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १४ २०८११०:५६
    सलमान खानलाई फेरि आयो मार्ने धम्की

    काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। धम्की दिने व्यक्तिले करोडौँ रुपैयाँ फिरौती मागेको छ। 

    एक दिनअघि मात्र प्रहरीले सलमान र एनसीपी (राष्ट्रवादी कंग्रेस पार्टी) नेता जिशान सिद्दीकीलाई मार्ने धम्की दिने व्यक्तिलाई उत्तर प्रदेशको नोएडाबाट पक्राउ गरेको थियो।

    इन्डिया टुडेको रिपोर्ट अनुसार अहिले सलमानलाई धम्की दिने व्यक्तिले मुम्बई ट्राफिक प्रहरीलाई सन्देश पठाएको छ। जसमा २ करोड रुपैयाँ फिरौती मागिएको छ। 

    धम्कीको सन्देश पाएपछि मुम्बईको वर्लीमा प्रहरीले उजुरी दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरेको छ। हाल कसले धम्की दिएको हो भन्ने खुलेको छैन।


    प्रतिक्रिया दिनुहोस