बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १८ २०८१०७:५५
    मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने

    काठमाडौँ । बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ । 

    मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गर्नुभयो । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिए । 


    प्रतिक्रिया दिनुहोस