बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०९:३४
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

    संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

    बैंकले सेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकको नाम तथा बिक्री मूल्यका बारेमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस