बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मंसिरमा पनि बैंकहरूले ब्याजदर घटाउने !


    विद्या राजपुत

    • बुधबार, कात्तिक २१ २०८१०९:४३
    मंसिरमा पनि बैंकहरूले ब्याजदर घटाउने !

    काठमाडौं । लगातार ओरालो लागेको बैंकहरूको ब्याजदर मंसिरमा पनि घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउन लागेका हुन् ।

    कात्तिकका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर ६.१९ प्रतिशत छ । राष्ट्र बैंकको नीति अनुसार, वाणिज्य बैंकहरूले हालको ब्याजदरमा आगामी महिना १० प्रतिशत थप गर्न वा घटाउन सक्छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार, कात्तिक २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ५२ खर्ब ७६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

    बैंक तथा वित्तीय संस्थाले कात्तिक २० गतेसम्मको निक्षेप संकलनको आधारमा ५९ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गर्न सक्छन् । किनभने राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेको छ । कात्तिक २० गतेसम्म सीडी रेसियो ७८.१२ प्रतिशत छ ।

    राष्ट्र बैंकको नीति अनुसार, बैंकहरूसँग सात खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । तर, बैंकहरूले कुल निक्षेपको २० प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने व्यवस्था छ ।




    प्रतिक्रिया दिनुहोस