बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानद्वारा एच३ रकेटमार्फत् सैन्य सञ्चार स्याटेलाइट प्रक्षेपण


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक २२ २०८१०९:०४
    जापानद्वारा एच३ रकेटमार्फत् सैन्य सञ्चार स्याटेलाइट प्रक्षेपण

    काठमाडौं । जापानको नयाँ एच३ रकेटले चौथोपटक सोमबार अर्थात् नोभेम्बर ४ को बिहान उडान भरेको छ । तानेगाशिमा स्पेस सेन्टरबाट बिहान १:४८ ईएसटी (०५:४८ जीएमटी; जापानको स्थानीय समयअनुसार बेलुकी ३:४८) मा एच३ ले डीएसएन-३ का नामले चिनिने किरामेकी ३ नामक सैन्य सञ्चार उपग्रह प्रक्षेपण गर्‍यो ।

    उडान सफल भएको देखिएको छ: किरामेकी-३ निर्धारित रूपमा प्रक्षेपण भएको २९ मिनेटपछि सफलतापूर्वक अन्तरिक्षमा तैनाथ भयो जसले जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (JAXA) द्वारा प्रशारण गरिएको वेबकास्टमा मिशन कन्ट्रोलमा खुसी र हात मिलाउने दृश्यहरू देखाएको स्पेस डटकमले उल्लेख गरेको छ ।

    दुई-चरणको एच३ जापानको नयाँ मध्यम-वजन लिफ्ट रकेट हो जुन एच-२ए को उत्तराधिकारी हो । एच-२ए करिब दुई दशकको सेवापछि अब सेवा निवृत्त हुने तयारीमा छ र यसको अन्तिम मिसन यसै वर्षको अन्त्यअघि हुने अपेक्षा गरिएको छ ।

    JAXA र मित्सुबिरी हेभी इण्डस्ट्रिज द्वारा विकास गरिएको ए३ मार्च २०२३ मा मूल रूपमा योजनाभन्दा करिब तीन वर्ष ढिलो गरी पहिलोपटक प्रक्षेपण गरिएको थियो । पहिलो प्रक्षेपण असफल भएको थियो जसमा Advanced Land Observing Satellite-3 (ALOS-3, DAICHI-3 पनि भनिन्छ) लाई गुमाएको थियो ।


    प्रतिक्रिया दिनुहोस