बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सूर्यबाट फेरि निस्कियो भयानक शक्तिशाली सौर्य ज्वाला


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २३ २०८१०९:३३
    सूर्यबाट फेरि निस्कियो भयानक शक्तिशाली सौर्य ज्वाला

    काठमाडौं । सूर्यले दुई दिन अघि बिहान एउटा शक्तिशाली एक्स २.३ -स्तरको सौर्य ज्वाला (सोलर फ्लेयर) विस्फोट भयो जसले रेडियो ब्ल्याकआउट गरायो । यो एक्स-स्तरको सौर्य ज्वाला सूर्यकोएआर ३८८३ नामको एक सौर्य धब्बा क्षेत्रबाट बिहान ८:४० ईटी (१३:४० यूटीसी) मा छुटेको थियो ।

    सौर्य धब्बाहरु सूर्यको चिसा र अँध्यारा क्षेत्रहरु हुन् जसको आकार ग्रहको जत्रो हुन्छ र जहाँ सूर्यको बलियो चुम्बकीय क्षेत्र सतहसम्म आउँछ। यो सौर्य धब्बा क्षेत्रबाट आएको अहिलेसम्मकै सबभन्दा शक्तिशाली ज्वाला हो ।

    स्पेस डटकमका अनुसार वैज्ञानिकहरु यो ज्वालासँग सम्बन्धित कुनै कोरोनल मास इजेक्शनले सीएमई) पृथ्वीमा असर गर्नेछ कि गर्ने छैन भन्ने पत्ता लागोस् भनेर नासा र युरोपियन स्पेस एजेन्सीको सोलर एण्ड हेलियोस्फियरिक अब्जरभेटरी (SOHO) अन्तरिक्षयानको कोरोनोग्राफबाट प्राप्त हुने डाटा पर्खिरहेका छन् ।

    सीएमई हरु चुम्बकीय क्षेत्र र प्लाज्माका स्तम्भहरु हुन्, जुन पृथ्वीमा पुगेमा भूचुम्बकीय आँधी ल्याउन सक्छन् । जसले अरोरा (उत्तरी आकाशमा देखिने रंगीन प्रकाशहरु) उत्पन्न गर्न सक्दछ ।

    स्पेस डटकमका अनुसार सौर्य ज्वालाहरु चार स्तरमा वर्गीकृत गरिन्छन् । जसमा प्रत्येक स्तर तल्लो स्तरको भन्दा दश गुणा शक्तिशाली हुन्छ । एक्स-स्तरको ज्वाला सबैभन्दा शक्तिशाली हो र त्यसको मुनिको स्तर एम-स्तरको हुन्छ । अक्षरसँग संलग्न संख्या भने व्यक्तिगत ज्वालाको शक्तिको सूचक हो जुन यस अवस्थामा २.३ थियो ।


  • सम्बन्धित विषय:

  • # सौर्य ज्वाला
  • # सूर्य
  • प्रतिक्रिया दिनुहोस