आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१०८:१९
    अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल

    काठमाडौं । नेपालले अजरबैजानको बाकुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ ।  

    उक्त सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुन लागेको हो । 

    सत्रमा पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीबारे जानकारी दिइनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो । 

    नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

    अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) जारी छ । 

    राष्ट्रपति पौडेलले हिजो उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम थियो । 

    कात्तिक २६ सुरु भएको सम्मेलन मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ । 


  • सम्बन्धित विषय:

  • # जलवायु परिवर्तन
  • # सम्मेलन
  • प्रतिक्रिया दिनुहोस