बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक ३० २०८१०९:३२
    मंसिर महिनाका लागि नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । नेपाल बैंक लिमिटेडले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ब्याजदर स्थिर राखेको छ ।    

    बैंकले मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

    बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्षसम्मका लागि ४.५५ प्रतिशत र २ वर्षभन्दा माथि ५ वर्षसम्मका लागि ५.२५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।  

    त्यस्तै संस्थागतर्फ पनि बैंकले अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले मंसिर महिनाका लागि २ वर्षसम्म अवधिका लागि ३.११ प्रतिशत र २ वर्षभन्दा माथि अवधिका लागि ४.९५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 


    प्रतिक्रिया दिनुहोस