बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’


    हुलाक प्रेस

    • बुधबार, मंसिर ५ २०८१११:०३
    विवाह गरेको २९ वर्षपछि भारतीय संगीतकार एआर रहमानको ‘डिभोर्स’

    काठमाडौँ । भारतीय संगीतकार तथा गायक एआर रहमान र उनकी श्रीमती सायरा बानुले विवाह गरेको २९ वर्षपछि छुट्टिने निर्णय गरेका छन् ।

    २९ वर्ष लामो सम्बन्धलाई अन्त गर्ने निर्णयसँगै उनीहरुले आफ्ना फ्यानहरुलाई आफ्नो निर्णयको सम्मान गर्न आग्रह गरे । रहमान र सायरा बानुका वकिलले संचारमाध्यामलाई उनीहरु अलग भएको जानकारी गराएका थिए ।

    कानून व्यवसायी बन्दना शाहले विवाहको धेरै वर्षपछि एक अर्कासँग अलग हुने कठिन निर्णय लिएको बताए । यो फैसला उनीहरूको सम्बन्धमा आएको भावनात्मक तनावपछि लिएको जनाइएको छ ।

    उनीहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै वकिलले भनेका छन्, ‘एक अर्काप्रति अघात प्रेम र लगावका बाबजुद उनीहरूबीच उत्पन्न तनाव व्यवस्थापन हुन सकेन् ।’

    एक्समा एक पोस्ट गर्दै रहमानले पनि सम्बन्ध सकिएको बताए । त्यसअघि एक प्रेस वक्तव्य जारी गर्दै सायरा बानुले पनि अलग भएको जानकारी गराएकी थिइन् । उनले अलग हुने निर्णय दुःख र पिडाले उब्जाएको बताइन् । एआर रहमान र सायरा बानुले १९९५ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।


    प्रतिक्रिया दिनुहोस