बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, कुन ठाउँको कति ?


    हुलाक प्रेस

    • सोमबार, मंसिर १० २०८११०:२०
    काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस,  कुन ठाउँको कति ?

    काठमाडौं । पछिल्लो समय देशभरको तापक्रम दिनहुँजसो घटिरहेको छ । चिसो बढेसँगै तापक्रममा गिरावट आएको हो ।

    सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल सुरु भएयता काठमाडौंमा मापन गरिएको मध्ये यो कम तापक्रम हो ।

    आइतबार (हिजो) सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो । शनिबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

    महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.७ डिग्री सेल्सियस छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.८ डिग्री सेल्सियस थियो । शनिबार जुम्लाको न्यूनतम तापक्रम –३.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यही मंसिर ४ गते जुम्लाको न्यूनतम तापक्रम –४ डिग्री सेल्सियस थियो ।

    सोमबार डडेलधुराको न्यूनतम तापक्रम ५.९, ताप्लेजुङको ७.८, वीरेन्द्रनगरको ८.७, ओखलढुंगाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ६, ताप्लेजुङको ९.५, वीरेन्द्रनगरको ८.३, ओखलढुंगाको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

    महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।


    प्रतिक्रिया दिनुहोस