बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियसभन्दा कम


    हुलाक प्रेस

    • बिहीबार , मंसिर १३ २०८११०:००
    काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियसभन्दा कम

    काठमाडौं । चिसो बढेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएको हो ।

    बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

    सोही समयमा बुधबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । मंगलबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । 

    महाशाखाले बिहीबार सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.६ डिग्री सेल्सियस छ । 

    यस्तै, डडेलधुराको न्यूनतम तापक्रम ५.०, ताप्लेजुङको ६.७, वीरेन्द्रनगरको ८.५, धनकुटाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

    महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरेको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने गरेको छ ।


    प्रतिक्रिया दिनुहोस