बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा


    हुलाक प्रेस

    • शनिबार, मंसिर २२ २०८१११:०५
    काठमाडौँ  विश्वकै प्रदूषित सहरको शीर्ष १० मा

    काठमाडौँ । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।

    १० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।

    विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ । चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

    भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ । त्यसपछि क्रमशः पाकिस्तानको कराँची, इरानको तेहरान, भियतनामको हानोई र पाकिस्तानको लाहोर सहर छन् ।


    प्रतिक्रिया दिनुहोस