बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यस्तो छ हिउँदे अवधिको हावापानीको आँकलन


    हुलाक प्रेस

    • आइतबार, मंसिर २३ २०८१०९:२३
    यस्तो छ हिउँदे अवधिको हावापानीको आँकलन

    काठमाडौँ । मंसिर १६ देखि फागुन १६ गतेसम्मको तीन महिनाको हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेस प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । 

    यस्तै विभागका अनुसार सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेस प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना  रहेको विभागको भनाइ छ ।

    यस्तै विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहको छ । कर्णाली प्रदेशका मध्य तथा पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका पूर्वी भू–भाग, गण्डकी प्रदेश, बागमती प्रदेशका पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशका दक्षिण–पश्चिम र दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग, बागमती प्रदेशका उत्तर–पूर्वी भू–भाग, कोशी प्रदेशका उत्तरी र दक्षिण–पूर्वी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार देशका बाँकी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको छ ।


    प्रतिक्रिया दिनुहोस