बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लुम्बिनीको पहिलो जितमा कप्तान रोहितको अलराउन्डर प्रदर्शन


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २५ २०८११२:३१
    लुम्बिनीको पहिलो जितमा कप्तान रोहितको अलराउन्डर प्रदर्शन

    काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनप्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ । लुम्बिनीले मंगलबारको पहिलो खेलमा चितवन राइनोजलाई ३३ रनले हराएको हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

    प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

    प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले हारेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनले हारेको थियो ।

    चितवनका लुक बेन्केन्स्टाइनले सर्वाधिक ३१ रन बनाए । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २० रन थपे । उनले १७ बलमा एक चौका र एक छक्का प्रहार गरे ।

     


    प्रतिक्रिया दिनुहोस