बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुसका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, तीन बैंकले घटाउँदा तीन बैंकले बढाए


    हुलाक प्रेस

    • सोमबार, पुस १ २०८१०१:३९
    पुसका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, तीन बैंकले घटाउँदा तीन बैंकले बढाए

    काठमाडौं । बैंकहरुमा तरलता अत्यधिक रहेको भएपनि वाणिज्य बैंकहरुले पुस महिनाका लागि भने ब्याजदर यथावत राखेका छन् । वाणिज्य बैंकहरुले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    पुसका लागि लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    यस्तै पुसका लागि तीनवटा बैंकले ब्याजदर बढाएका छन् । जसमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंकले पुस महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गरेका छन् । यसैगरी एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंकले भने पुसका लागि ब्याजदर घटाएका छन् ।


    प्रतिक्रिया दिनुहोस