बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालमा मंकीपक्स संक्रमण पुनः देखियो


    हुलाक प्रेस

    • शुक्रबार, पुस ५ २०८१०७:४१
    नेपालमा मंकीपक्स संक्रमण पुनः देखियो

    काठमाडौँ । नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    'साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो', उनले भने, 'अहिले उनको अवस्था सामान्य छ ।' उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।

    दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमणको देखिएको थियो । उनले मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।


    प्रतिक्रिया दिनुहोस