बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिका र भारतले पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने


    हुलाक प्रेस

    • शनिबार, पुस ६ २०८१०६:१३
    अमेरिका र भारतले पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने

    लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२५ मार्चमा शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

    नासा–इसरो सिन्थेटिक अपर्चर रडार (निसार)ले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तन मापन गर्न प्रत्येक १२ दिनमा दुईपटक पृथ्वीको लगभग सबै जमिन र बरफको सतह स्क्यान गर्नेछ । निसार स्याटेलाइट भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

    नासाका अनुसार, निसारको अवलोकनले विश्वभरका अन्वेषकलाई ग्रहको सतहमा आइसफिट, हिमनदी र समुद्री बरफलगायत परिवर्तन राम्ररी बुझ्न मद्दत गर्नेछ ।

    यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तन साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि दर्साउनेछ । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस