बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१११:३०
    आजदेखि यी फोनमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

    काठमाडौं । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ । अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

    ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आईओस (आइफोन)मा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको हो ।

    यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम

    १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोन (एन्ड्रोइड/आईओस)मा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।

    सामसङ : ग्यालेक्सी एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनी ।

    मोटोरोला : माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४ ।

    एचटीसी : वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ ।

    एलजी : अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० ।

    सोनी : एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भी ।

    एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।

    यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । टाइम्स अफ इन्डियाबाट ।


    प्रतिक्रिया दिनुहोस