बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • स्मार्ट बन्दै त्रिभुवन विश्वविद्यालय: परीक्षाको हाजिरी अनलाइन पोर्टलमार्फत गराउन शुरु


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८११०:३२
    स्मार्ट बन्दै त्रिभुवन विश्वविद्यालय: परीक्षाको हाजिरी अनलाइन पोर्टलमार्फत गराउन शुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरुको हाजिरी अनलाइन पोर्टलमार्फत् गरिन थालिएको छ।

    कार्यालयले गत मंगलबार एक विज्ञप्ति प्रकाशन गरी उपरोक्त परीक्षार्थीहरुको हाजिरी अनलाइन पोर्टलमा गराउन सम्बन्धित सबैलाई सूचित गरेको छ।

    सूचनामा बुधबार पौष १७ गतेदेखि व्यवस्थापन संकायको परीक्षा बिहान ७:०० बजेदेखि १० बजेसम्म र अन्य (विज्ञान, शिक्षा र मानविकी) को परीक्षा दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन गर्न उपत्यका भित्र र बाहिर तोकिएका परीक्षा केन्द्रहरुले परीक्षार्थीहरुको हाजिर प.नि.का. बल्खुबाट दिएको अनलाइन पोर्टलबाट गराउन हुन समेत सूचित गरिएको छ।

    परीक्षा नियनत्रक पुष्पराज जोशीका अनुसार अनलाइन पोर्टलबाट यसरी  हाजिरी गर्ने तरिका यस प्रकार रहेको छ:

    १. स्टुडेन्ट एटेन्डेन्स मेनुमा जाने

    २. रुम असाइन गर्ने

    ३. स्टुडेन्ट एटेन्डेन्स मेनुमा गई परीक्षा सेलेक्ट गरेर प्रोग्राम अनुसार हाजिर गर्ने

    ४. भौतिक हाजिरी (फिजिकल एटेन्डेन्स) फाइल अट्याच गर्ने


    प्रतिक्रिया दिनुहोस