बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८११०:२२
    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

    कृष्णबहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर सोमबार रिट दायर गरेका छन् ।

    उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८, संविधानको धारा १, धारा ४६, धारा १६२ समेतका संवैधानिक प्रावधान र त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३(१), (२) र ३० बमोजिम अमान्य गर्न माग दाबी गरेका छन् ।

    नयाँ स्टकको सम्पुर्ण प्रकृया रोक्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता भएको हो । मुद्दा रिट नम्बर ०८१-wc-००३५ मा दर्ता भएको हो ।


    प्रतिक्रिया दिनुहोस