काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।