बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कुमारी बैंकको साधारण सभा माघ २१ गते, बुक क्लोज कहिले ?


    हुलाक प्रेस

    • मंगलबार, माघ १ २०८१०५:३३
    कुमारी बैंकको साधारण सभा माघ २१ गते, बुक क्लोज कहिले ?

    काठमाडौं । कुमारी बैंकले २४औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि आह्वान गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले माघ २१ गते बैंकको साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

    बैंकले साधारण सभा प्रयोजनका लागि ११ माघमा बुक क्लोज गर्ने पनि जनाएको छ ।

    बैंकका अनुसार सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने बैंकले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस