बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


    हुलाक प्रेस

    • बिहीबार , माघ ३ २०८१११:१४
    सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । 

    इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा निवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनु पर्नेछ । 


    प्रतिक्रिया दिनुहोस