बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हिमालयन लाइफद्वारा लाभांश घोषणा, बोनसमा लाग्ने कर सेयरधनीले नै भुक्तानी गर्नुपर्ने


    हुलाक प्रेस

    • आइतबार, माघ ६ २०८१११:२१
    हिमालयन लाइफद्वारा लाभांश घोषणा, बोनसमा लाग्ने कर सेयरधनीले नै भुक्तानी गर्नुपर्ने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

    उक्त बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निणैय गरेको छ । यस्तै बैठकले उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ ।  

    प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।  


    प्रतिक्रिया दिनुहोस