बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वदेखि मध्य तराइसम्म बाक्लो हुस्सु


    हुलाक प्रेस

    • बिहीबार , माघ १० २०८११०:५१
    पूर्वदेखि मध्य तराइसम्म बाक्लो हुस्सु

    काठमाडौं । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको पूर्वदेखि मध्य तराईसम्मका स्थानमा बाक्लो कुहिरो र हुस्सु लागिरहेको छ । पश्चिम नेपालमा भने आज भिजिविलिटी केही बढी छ । 

    सिमरामा बिहान पौने ६ बजेको भिजिविलिटी १०० मिटर रहेको थियो । विराटनगरको भिजिविलिटी २०० मिटर रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । 

    चन्द्रगढीको ४००, नेपालगञ्जको भिजिविलिटी ५००, भैरहवाको ७०० र धनगढीको भिजिविलिटी १२०० मिटर रहेको छ । काठमाडौंको भिजिविलिटी भने ६ किलोमिटर छ । 

    “तराईका क्षेत्रमा बिहान हवाई सेवा प्रभावित हुने देखिन्छ । काठमाडौंमा भने विमान उडान र अवतरणमा समस्या हुनेछैन,” मौसमविद् अधिकारीले भने, “तराईमा धेरै स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने देखिन्छ ।” दुई किलोमिटरभन्दा कम भिजिविलिटीमा विमान उडान र अवतरणमा समस्या हुन्छ । 


    प्रतिक्रिया दिनुहोस