बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेप्से करिब १२ अंकले बढ्यो, दुई अर्ब भन्दा बढीको कारोबार


    हुलाक प्रेस

    • बिहीबार , मंसिर २१ २०८००४:१५
    नेप्से करिब १२ अंकले बढ्यो, दुई अर्ब भन्दा बढीको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७३ अंकले वृद्धि भएको छ । नेप्से १८५२.७७ विन्दुमा रोकिएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार दुई अर्ब ७९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार एक अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज ग्लोबल आइआएमई लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका सेयरधनीले प्रतिकित्ता ६७ रुपैयाँ गुमाएका हुन् । यो कम्पनीको सेयर मूल्य ७९१ कायम भएको छ ।
    सर्वाधिक सेयर मूल्य वृद्धि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस