बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चन्द्रागिरि -२ का वडाध्यक्ष भाइकृ्ष्ण तामाङ भ्रष्टाचारी ठहर


    हुलाक प्रेस

    • मंगलबार, माघ १५ २०८१०८:३०
    चन्द्रागिरि -२ का वडाध्यक्ष भाइकृ्ष्ण तामाङ भ्रष्टाचारी ठहर

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका महर्जनलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

    विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई ६ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको छ ।
     
    वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरि–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेका थिए । उनले त्यही वडाका ध्रुवबहादुर कडायतमार्फत दुई लाख रुपैयाँ नगद र दुई लाखको चेक लिएको उजुरीपछि अख्तियारले गत असार २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

    उजुरीकर्ता उर्मिला पाण्डेयका व्यावसायिक साझेदार शेषनारायण अधिकारीसँग कडायतले गरेको कुराकानीको अडियो/भिडियोका आधारमा तामाङ दोषी ठहर भएका हुन् ।


  • सम्बन्धित विषय:

  • # विशेष अदालत
  • प्रतिक्रिया दिनुहोस