बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • देशको केही भूभागमा आज हिमपातको सम्भावना


    हुलाक प्रेस

    • बिहीबार , माघ १७ २०८१०८:३७
    देशको केही भूभागमा आज हिमपातको सम्भावना
    फाइल तस्वीर

    काठमाडौं । देशका केही भूभागमा आज हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही स्थानमा हिमपात हुने भएको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । 

    तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसोसम्म खुल्ने मौसमविद्को भनाइ छ । 

    दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजन अधिकारीले बताए ।


    प्रतिक्रिया दिनुहोस