बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा १००औँ स्याटेलाइट प्रक्षेपण सफल


    हुलाक प्रेस

    • बिहीबार , माघ १७ २०८१०८:५१
    भारतमा १००औँ स्याटेलाइट प्रक्षेपण सफल

    नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बुधबार बिहान ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)–एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीले बताएका छन् । जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन भारी सञ्चार स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न प्रयोग गरिन्छ ।

    एनभीएस–०२ बोकेको जीएसएलभी–एफ१५ ले दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट बिहान ६ः२३ बजे उडान भरेको थियो ।

    इसरोले बुधबार गरेको प्रक्षेपण १००औँ रहेको छ । एनभीएस–०२ ले नेभिगेसन, कृषि, आपतकालीन सेवा र मोबाइल उपकरण स्थान सेवाहरूको सुधार गर्न मद्दत गर्नेछ ।

    इसरोका अनुसार, श्रीहरिकोटाबाट उड्ने पहिलो ठूलो रकेट सन् १९७९ अगस्त १० मा स्याटेलाइट प्रक्षेपण वाहन (एसएलभी) थियो । रासस/सिन्ह्वा


    प्रतिक्रिया दिनुहोस