बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सिटी होटलको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


    हुलाक प्रेस

    • आइतबार, माघ २० २०८१०३:०१
    सिटी होटलको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्कासन तगा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  

    कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । गत पुस २६ गते सम्पन्न कम्पनीको नवौं वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित भएको थियो ।  

    कम्पनीले हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण चुक्ता गर्नका लागि उपयोग गर्नेछ । 


    प्रतिक्रिया दिनुहोस