बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालसँग २३ खर्ब बढी विदेशी मुद्रा, १४ महिनाको वस्तु र सेवा आयात धान्ने


    हुलाक प्रेस

    • आइतबार, माघ २० २०८१११:०४
    नेपालसँग २३ खर्ब बढी विदेशी मुद्रा, १४ महिनाको वस्तु र सेवा आयात धान्ने

    काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति २३ खर्ब बढी छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।

    गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।

    पछिल्लो ६ महिनामा सञ्चिति १३.५ प्रतिशतले बढेको हो । उक्त सञ्चितिले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।


    प्रतिक्रिया दिनुहोस