काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको छ ।
आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । छिमेकी देश भारतबाट आयात हुँदै गरेको ब्याण्डविथमा समस्या आएसँगै नेपालभर इन्टरनेट सेवामा समस्या आएको बताईएको छ ।
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक,सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको जनाएका छन् ।