बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    हुलाक प्रेस

    • बिहीबार , माघ २४ २०८१०९:०८
    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आव २०७९/८० का लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि माघ २५ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।  

    यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले आव २०७९/८० का लागि १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।  

    कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित फागुन ११ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान साढे १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।   


    प्रतिक्रिया दिनुहोस