बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा


    हुलाक प्रेस

    • शुक्रबार, माघ २५ २०८१११:४०
    सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

    बैठकले गत आवका लागि सेयरधनीरुहलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरी कुल ७.८९४७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

    प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत एपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


    प्रतिक्रिया दिनुहोस