बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मौद्रिक नीतिको मध्यावधि समीक्षा : बैंकको नाफा बढ्ने


    हुलाक प्रेस

    • मंगलबार, फागुन १३ २०८१११:२३
    मौद्रिक नीतिको मध्यावधि समीक्षा : बैंकको नाफा बढ्ने

    काठमाडौं । नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ। यसअघि लिएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत् राख्दै केन्द्रीय ब्यांकले ब्याजदर कायम राख्ने निधो गरेको छ। यसले गर्दा ब्यांक तथा वित्तीय संस्थाको ब्याजदरमा फेरबदल आउनेछैन। 

    यद्यपि, मौद्रिक नीतिले ब्यांक तथा वित्तीय संस्थालाई फाइदा हुने प्रावधान समीक्षामा राखिदिएको छ। केन्द्रीय ब्यांकले असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशतमा झारेको छ। यसको अर्थ ब्यांक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा छुट्याउनुपर्ने कर्जा नोक्सानी व्यवस्थाको रकम घट्न पुगेको छ । जसका कारण ब्यांक तथा वित्तीय संस्थाको नाफा बढ्नेछ। अनुभवी ब्यांकर परशुराम कुँवर क्षेत्रीले यो प्रावधानले गर्दा ब्यांकहरूको नाफा बढाउन मद्दत पुग्ने बताए। 

    त्यस्तै, व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत बनाइएको छ। 

    त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरेर लघुवित्त संस्थाको ब्याज व्यवस्थित बनाउन खोजिएको छ। 


    प्रतिक्रिया दिनुहोस