बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँमा बढ्यो वायु प्रदुषण, चार स्थानको वायु अति अस्वस्थकर


    हुलाक प्रेस

    • बिहीबार , चैत २१ २०८१०९:२५
    काठमाडौँमा बढ्यो वायु प्रदुषण, चार स्थानको वायु अति अस्वस्थकर

    काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही दिनयता वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागको बुधबार साँझ ५ः३० बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका चार स्थान अति अस्वस्थकर छन् ।

    रत्नपार्क, शंखपार्क, भक्तपुर र भैँसेपाटीको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) २०० भन्दामाथि छ । ती स्थानको वायुमा पीएम २.५ को मात्रा १५० देखि १८०  माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको तथ्यांक छ  ।

    पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

    यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै मानिसको शरीरमा प्रवेश गर्नसक्छन् । त्यतिमात्र नभइ अत्यन्तै साना कण भएकाले रगतमा मिसिएर बहु अंगमा पुग्ने पनि जोखिम हुने विज्ञहरू बताउँछन् ।

    वायु प्रदूषणले श्वासप्रश्वास मात्रै नभइ मिर्गौला, मुटु र कलेजोमा समेत गम्भीर असर निम्त्याउनसक्छ । साथै, उच्च रक्तचाप, मधुमेह नियन्त्रण नहुने, घातक मुटुरोग, डिप्रेशन र निःसन्तानसम्मका घातक समस्या देखिनसक्छन् ।


    प्रतिक्रिया दिनुहोस