काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पूर्वडीआईजी छविलाल जोशीबारे जिल्ला अदालतले गरेकै आदेश उच्च अदालतबाट सदर भएको छ ।
उच्च अदालत, तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसविरुद्ध परेको छविको निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबार साँझ अदालतले यस्तो आदेश गरेको हो ।