बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एनआईसी एशिया बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने


    हुलाक प्रेस

    • सोमबार, चैत २५ २०८१०९:३४
    एनआईसी एशिया बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।

    बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर-२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

    कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

    १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते बैंकिङ समयपछि हुनेछ।

    इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 


    प्रतिक्रिया दिनुहोस