बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता


    हुलाक प्रेस

    • सोमबार, चैत २५ २०८११०:५०
    नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता

    काठमाडौँ । नेपाल र र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्रमा नेपालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधान न्यायाधीश माननीय संजीव खन्नाले हस्ताक्षर गरेका छन् । 

    सम्झौतापत्रमा कानुन र न्यायको क्षेत्रमा भएका पछिल्ला विकासहरूबारे जानकारी आदानप्रदान गर्ने, न्यायालयका विभिन्न तहका न्यायाधीश र कर्मचारीबीच अन्तरक्रिया प्रवर्द्धन गर्ने कार्यक्रमहरू गर्ने उल्लेख छ । 

    विलम्ब भएका मुद्दा फर्छ्यौट,  सरोकारवालालाई प्रभावकारी सेवा प्रदान गर्न प्रविधिको प्रयोग वृद्धि, दुवै देशका अदालत तथा सम्बन्धित संस्थाहरूमा प्रयोगमा रहेका प्रविधिबारे जानकारी आदानप्रदान गर्ने पनि सम्झौतापत्रमा समेटिएको छ। 

    भारतका प्रधानन्यायाधीश खन्नाको निमन्त्रणामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको भ्रमण दल पाँचदिने भ्रमणका क्रममा आइतबार भारत प्रस्थान गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस