बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्लो ६ घण्टामा कहाँ कति वर्षा भयो ?


    हुलाक प्रेस

    • बिहीबार , चैत २८ २०८१०९:२७
    पछिल्लो ६ घण्टामा कहाँ कति वर्षा भयो ?

    काठमाडौं । देशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर साधरणतयादेखि पूर्ण बदली हुँदा वर्षा भइरहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

    पछिल्लो १२ घण्टामा इलाम, सर्लाही, पर्सा, रौतहट र सप्तरीमा सबैभन्दा धेरै वर्षा भएको छ । यी स्थानमा अहिले वर्षा केही कम भएको छ । 

    काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । बिहान ७ देखि ८ बजेसम्म चार मिलिमिटरसम्म वर्षा भएको छ । 

    पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कीर्तिपुरमा वर्षा भएको छ । कीर्तिपुरमा ६ घण्टामा २६.३ मिलिमिटर वर्षा भएको छ । बबरमहलमा ८.२, ललितपुरको गोदावरीमा १५, टीकाथलीमा ५.५, साँखुमा १.६, सुन्दरीजलमा २.८, पाँचपोखरीमा ७.२ मिलिमिटर वर्षा भएको छ । 


    प्रतिक्रिया दिनुहोस