बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट


    हुलाक प्रेस

    • शुक्रबार, चैत २९ २०८१०६:११
    रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    लामिछानेकी श्रीमती निकिता पौडेलले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् । लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै थुनामा पठाउन आदेश दिएको थियो ।

    यसअघि जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो ।


    प्रतिक्रिया दिनुहोस