बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ८ महिनामा वाणिज्य बैंकहरूले कमाए साढे ४३ अर्ब नाफा, कुनको कति ?


    हुलाक प्रेस

    • शुक्रबार, चैत २९ २०८१०६:५३
    ८ महिनामा वाणिज्य बैंकहरूले कमाए साढे ४३ अर्ब नाफा, कुनको कति ?

    काठमाडौँ  । चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । माघ महिनासम्म ३६ अर्ब रुपैयाँ नाफा कमाएका बैंकहरूले फागुनमा ७ अर्ब ५० करोड रुपैयाँले नाफा बढाएका हुन्।

    फागुन महिनामा वाणिज्य बैंकहरूको नाफा माघको तुलनामा २०.६० प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक छ। उसले ८ महिनाको अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    त्यसपछि ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहँदै ४ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाउन सफल भयो।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै ४ अर्ब ८ करोड रुपैयाँ नाफा आर्जन गर्‍यो ।

    अन्य बैंकको नाफा कति ?

    एभरेस्ट बैंक- ३ अर्ब रुपैयाँ

    नेपाल बैंक लिमिटेड– २ अर्ब ९८ करोड रुपैयाँ

    एनएमबी बैंक– २ अर्ब ७१ करोड रुपैयाँ

    प्राइम कमर्सियल बैंक– २ अर्ब ५० करोड रुपैयाँ

    प्रभु बैंक– २ अर्ब १९ करोड रुपैयाँ

    स्टान्डर्ड चार्टर्ड बैंक– २ अर्ब १७ करोड रुपैयाँ

    लक्ष्मी सनराइज बैंक– १ अर्ब ९९ करोड रुपैयाँ

    राष्ट्रिय वाणिज्य बैंक– १ अर्ब ७२ करोड रुपैयाँ

    सानिमा बैंक– १ अर्ब ६८ करोड रुपैयाँ

    हिमालयन बैंक– १ अर्ब ६७ करोड रुपैयाँ

    नेपाल एसबिआई बैंक– १ अर्ब २४ करोड रुपैयाँ

    सिद्धार्थ बैंक– १ अर्ब २१ करोड रुपैयाँ

    माछापुच्छ्रे बैंक– १ अर्ब १६ करोड रुपैयाँ

    सिटिजन्स इन्टरनेसनल बैंक – १ अर्ब १६ करोड रुपैयाँ

    सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकहरू

    कुमारी बैंक – ९६ करोड ९१ लाख रुपैयाँ

    एनआइसी एसिया बैंक – ८१ करोड ९९ लाख रुपैयाँ

    कृषि विकास बैंक– ७४ करोड रुपैयाँ


    प्रतिक्रिया दिनुहोस