बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नवलपरासी पूर्वमा सबैभन्दा धेरै वर्षा, १२ घण्टामा कहाँ कति भयो वर्षा ?


    हुलाक प्रेस

    • शनिबार, चैत ३० २०८१०८:४०
    नवलपरासी पूर्वमा सबैभन्दा धेरै वर्षा, १२ घण्टामा कहाँ कति भयो वर्षा ?

    काठमाडौं । देशका धेरै स्थानमा शनिबार (चैत ३०) वर्षा भएको छ । काठमाडौंसहितका स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    पछिल्लो १२ घण्टा (शनिबार दिउँसो साढे ३ बजेसम्म)मा नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै ६१ मिलिमिटर वर्षा मापन गरिएको छ । नवलपरासी पूर्वकै देउराली नवल केन्द्रमा ३७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

    विभागका अनुसार, बागलुङमा ३६.२, नवलपरासी पूर्वको दुम्कौलीमा ३०.८, प्युठानको सेउलीबाङमा २९.४, रुपन्देहीको तिलोत्तमामा २९, मकवानपुरको सिलिंगेमा २८.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    काठमाडौंका पानीपोखरीमा ७.४, सुन्दरीजलमा ६.४, बबरमहलमा ५.२, कीर्तिपुरमा ४.८, धाम ड्याममा ४.२, साँखुमा ३.८ मिलिमिटर वर्षा भएको छ ।

    यस्तै, भक्तपुरका नगरकोटमा ८.२, ताथलीमा ६.६, ललितपुरका गोदावरीमा ५, टीकाथलीमा १.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    हाल देशमा पश्चिमी र स्थानीय वायु र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस