बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश


    हुलाक प्रेस

    • बुधबार, वैशाख ३ २०८२०९:०५
    सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

    काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालित इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । 

    अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढंगले अघि बढाउने नीति अवलम्बन गरेको मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । रासस


    प्रतिक्रिया दिनुहोस