काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले भारतीय चलचित्र ‘सलार’का लागि गाएको ‘सूरज ही चाहो बनके’ बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतका संगीतकार रवि बसरुर हुन् भने रिया मुखर्जीले गीत लेखेकी हुन्। प्रशान्त निलको निर्देशन रहेको चलचित्रमा प्रभासको मुख्य भूमिका छ।