बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै


    हुलाक प्रेस

    • शनिबार, वैशाख ६ २०८२१०:०९
    आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ए खुवाइदै

    काठमाडौं । देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ खुवाउँदै छ । 

    स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

    एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई बालभिटा खुवाइनेछ । बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ ।

    राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

    सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका निम्ति ०५० सालमा आठ जिल्लाबाट सुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम ०५९ देखि देशभरि लागु गरिएको हो । ०५६ देखि १३ जिल्लाबाट सुरु जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ देखि देशभर लागु गरिएको छ । ०६४ देखि बालभिटा खुवाइने गरेको छ ।

    सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ । 
     


    प्रतिक्रिया दिनुहोस