बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भावी गभर्नर गुणाकरविरुद्धको रिट सुनुवाइ गर्न पेसी आज


    हुलाक प्रेस

    • सोमबार, वैशाख ८ २०८२०८:३०
    भावी गभर्नर गुणाकरविरुद्धको रिट सुनुवाइ गर्न पेसी आज

    काठमाडौँ । अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिमा प्रचलित उमेर हदको व्यवस्था संशोधनविरुद्धको र भावी गभर्नरसम्बन्धी रिट निवेदन सुनुवाइ गर्न आज सोमबारका लागि पेसी तोकिएको छ ।

    आइतबार हेर्न नभ्याइएका कारण दुवै रिटको पेसी सोमबारलाई तोकिएको हो । उमेर हदसम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिटमा यसअघि नै अल्पकालीन आदेश जारी भइसकेकाे छ । 

    आइतबार अन्तरिम आदेशका लागि बोलाइए पनि सुनुवाइ हुन नसकेको हो । त्यससँगै योग्यता नपुगेका व्यक्तिलाई गभर्नर बनाउन खोजिएको दाबी गर्दै सोही रिटको अर्को पूरक निवेदन पनि सर्वोच्चमा दर्ता गरिएको छ । रिट र पूरक निवेदन दुवैको सुनुवाइ आइतबार हुने भनिए पनि हेर्न नभ्याइएपछि सोमबारका लागि पेसी तोकिएको हो ।  

    राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति दुई सत्ता साझेदार दलबीच भएपछि सर्वोच्चमा पूरक निवेदन दर्ता गरिएको थियो । 

    आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजालासमा उक्त रिट ४०औँ नम्बरमा राखिए पनि हेर्न नभ्याएपछि पेसी सरेको हो ।


    प्रतिक्रिया दिनुहोस