शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ग्लोबल आइएमई बैंकको 'रुफटप सोलार कर्जा योजना' सार्वजनिक


    हुलाक प्रेस

    • सोमबार, वैशाख १५ २०८२१२:३०
    ग्लोबल आइएमई बैंकको 'रुफटप सोलार कर्जा योजना' सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न 'रुफटप सोलार कर्जा योजना' सार्वजनिक गरेको छ ।

    पृथ्वी दिवसको अवसरमा बैंकले सो कर्जा योजना सार्वजनिक गरेको हो । 

    यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेको बैंकले जनाएको छ । 

    यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

    बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।


    प्रतिक्रिया दिनुहोस