काठमाडौं । नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ हिन्दी संस्करणमा सार्वजनिक भएको छ । भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले ‘बार्दली’लाई सोमबार हिन्दी संस्करणमा सार्वजनिक गरेको हो ।
‘उफ’ बोल राखेर सार्वजनिक गरिएको ‘बार्दली’ को गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का देखिएका छन् ।
भिडियोको सेटिङ नेपाली संस्करणसँग मिलाइएको छ । तर नेपाली संस्करणमा देखिएका अन्य कलाकार भने भिडियोमा देखाइएको छैन ।
टि सिरिजको युटुब च्यानलमा २ करोड ९२ लाख फलोअर्स रहेको छ । सुशान्तको बार्दलीको नेपाली संस्करण निकै हिट भएको थियो । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो ।